असार २४, २०८२ मंगलबार July 8, 2025

इङलिस प्रिमियर लिगः आर्सनल पहिलो खेलमै ब्रेन्टफर्डसँग पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङलिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१ / २२ को पहिलो खेल मै आर्सनल प्रिमियर लिगमा डेब्यु गरिरहेको ब्रेन्टफर्डसँग पराजित भएको छ ।

ब्रेन्टफर्डको घरेलु मैदानमा आज बिहान सम्पन्न खेलको २२ औँ मिनेटमा ब्रेन्टफर्डका सर्जी कानोसले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७३ औँ मिनेटमा क्रिष्टियन नोर्गार्डले गोल थप्दै नवप्रवेशी क्लबको अग्रता दोब्बर पारेका थिए । यो जीतसँगै ब्रेन्टफर्ड प्रिमियर लिगको ५० औँ क्लब डेब्यु खेलमै ३ अंक जोड्न सफल भएको छ ।

कोरोना संक्रमणपछि पहिलो पटक पुर्णरुपमा दर्शक प्रवेश गर्न दिइएको खेलमा घरेलु समर्थकहरुले खेलको वातावरण निकै रोमाञ्चक बनाएका थिए । यता नयाँ सिजन २०२१/२२ अन्तर्गत स्पेनिश ला लिगाको पहिलो खेलमा भ्यालेन्सियाले गेटाफेलाइ १-० ले पराजित गर्दै ला लीगामा पहिलो जीत दर्ता गरेको छ । यसैगि आजै सम्पन्न २०२१/२२ को बुन्डेसलिगा अन्तर्गतको पहिलो खेलमा साबिक विजेता बार्यन म्युनिख मोन्चेनग्लाडवाचसँग १-१ गोलको बराबरीमा रोकिदैँ अंक बाडेको छ ।

आजबाट शुरु भएको ३ वटै ठुला लिगहरु अन्तर्गत प्रिमियरलिगका ७ खेलहरु आज साँझ खेलिदैछन् । जसमा म्यानचेष्टर युनाइटेडले लिड्ससँग प्रतिस्पर्धा गर्दैछ । यसैगरि चेल्सीले क्रिष्टल प्यालेस र लिभरपुलले नवप्रवेशी क्लब नोरविचसँग खेल्दैछ । यता भने बोन्डेसलिगाका ७ खेल र ला लिगाका २ खेलहरु आज साँझ खेलिदैछन् । एनटिभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार