असार २४, २०८२ मंगलबार July 8, 2025

नुवाकोट तेक्वान्दो सङ्घका अध्यक्षमा शरणउत्सुक सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोट तेक्वान्दो सङ्घको चौथो जिल्ला अधिवेशनले पत्रकार शरणउत्सुक सापकोटालाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै बुधबार सम्पन्न भएको छ। सापकोटा नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं सञ्चार उद्यमी तथा सञ्चारकर्मी पनि हुन् ।

अधिवेशनबाट सङ्घका उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा शरण घले, कोषाध्यक्षमा रामचन्द्र तामाङ तथा सदस्यमा धुव्रकुमार रावल, शिव श्रेष्ठ, बुद्धिबहादुर तामाङ, श्रीकृष्ण श्रेष्ठ र महेन्द्र थापा मगर निर्विरोध चयन भएका छन् ।

वाग्मती प्रदेश तेक्वान्दो सङ्घका उपाध्यक्ष एवं नुवाकोट तेक्वान्दो सङ्घका संरक्षक एवं पर्यटन व्यवसायी सुमन पाण्डेले निर्वाचित कार्यसमितिका पदाधिकारीलाई बुधबार शपथका साथ पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्दैै स्वस्थ्य नागरिक उत्पादनका लागि खेलकूद गतिविधि बढाउन राज्यले सहयोग गर्नुपर्ने धारणा राखे ।

नेपाल तेक्वान्दो सङ्घ वाग्मती प्रदेशका अध्यक्ष केशव पुरीले राष्ट्रिय अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा नेपालको नाम राख्न र सबैभन्दा बढी पदक ल्याउन सफल तेक्वान्दो खेल र खेलाडीमा राज्यले लगानी गर्न नसक्नु दुर्भाग्य रहेको बताउँदै गाउँगाउँमा पालिकासँग समन्वय गरेर खेल गतिविधि अघि बढाउन कार्यसमितिलाई सुझाव दिए ।

प्रमुख प्रशिक्षक हरिहर पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिमान तामाङ, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, नुवाकोट तेक्वान्दो सङ्घका संस्थापक अध्यक्ष धननारायण चित्रकार, निवर्तमान अध्यक्ष सुमन अधिकारीलगायतले तेक्वान्दो खेलले नुवाकोलाई चिनाएकामा गर्व गर्नुपर्ने बताए ।

सत्ताइस वर्षअघि जिल्लामा स्थापित सङ्घको जिल्ला अधिवेंशन सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितिका सचिव सन्तोषी वैद्यका संयोजकत्वका गठित निर्वाचन समितिले गत साउन २८ गते निर्वाचन प्रक्रिया थालनी गरेर भदौ गते सम्पन्न गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार