मंग्सिर २, २०८३ बुधबार November 18, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित भएको छ।

ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ (तल्लो सदन)मा नेपाली समयअनुसार बिहीबार बिहान मतदान भएको हो।

मतदानमा ट्रम्पक विपक्षमा २३० र पक्षमा १९७ मत खसेपछि महाभियोग प्रस्ताव पारित भएको हो। तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार दुरूपयोग गरेको ठहर गरेको छ।

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकनको ५३ जना सदस्य छन् भने डेमोक्रेटिक पार्टीका ४५ जना मात्र सदस्य छन्। सिनेटमा २ जना स्वतन्त्र सांसद छन्।

अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्ने बीबीसीले उल्लेख गरेको छ।

ट्रम्प अमेरिकी संसदको तल्लो सदनबाट महाभियोग लगाइएका तेस्रो राष्ट्रपति बनेका छन्।

यसअघि एन्ड्रयू जोनसन र बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए। उनीहरुले सदनले महाभियोग प्रस्ताव पारित नगर्दै पदबाट राजीनामा दिएका थिए।

ट्रम्पविरुद्ध न्यायमा अवरोध पुर्‍याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लागेका छन्।

साक्षीहरूलाई तर्साउन खोजेको अनि कर्मचारीहरूलाई समितिले गरेको बोलावट अटेर गर्न दबाव दिएको आरोप पनि उनलाई लागेका छन्।

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सम्भव छ ?

अमेरिकाका राष्ट्रपतिलाई संसारका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ।

तर डेमोक्र्याटिक पार्टीका सांसदहरूको प्रयास सफल भयो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नुपर्ने स्थिति आउने बीबीसीले जनाएको छ।

ट्रम्पलाई पदमुक्त प्रयासमा अहिले संसदीय समितिले महाभियोगको विषयमा जाँचबुझ गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार