असार २५, २०८२ बुधबार July 9, 2025

चेल्सी प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई २–० ले पराजित गर्यो । आर्सनलको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकु र रिस जेम्सले एक एक गोल गरे ।

जितसँगै चेल्सी प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा उक्लिंदा आर्सनल १९ औं स्थानमा झरेको छ । चेल्सीले नयाँ सिजनमा लगातार दुई खेल जित्दा आर्सनल दुबै खेलमा पराजित भएको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले वुल्भरह्यम्पटन वान्डरर्सलाई उसैको मैदानमा १–० ले हराउँदा म्यान्चेस्टर युनाईटेडले साउथह्याम्प्टनसँग १–१ गोलको बराबरी खेलेको छ ।

रियाल मड्रिड र लेभान्तले बराबरी खेले

स्पेनिस लिग फुटबल ला लिगामा रियाल मड्रिडलाई लेभान्तेले ३–३ गोलको बराबरीमा रोकेको छ । गएराती लेभान्तेको मैदानमा भएको खेलमा रियाल मड्रिडका भिनिसियस जुनियरले दुई गोल गर्दा ग्यारेथ बेलले एक गोल थपे ।

घरेलु टिम लेभान्तेका रोजर, होजे काम्पाना र रोबरले एक एक गोल गरे । ला लिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले एल्चेलाई १–० ले हराउँदा रियाल सोसिडाडले रायो भायकानोमाथि १–० कै जित निकाल्यो ।

ला लिगाका दोस्रो चरणका खेलहरुपछि ६ अंक जोडेको साविक विजेता एथ्लेटिको शिर्ष स्थानमा रहेको छ । ४–४ अंक जोडेका रियाल मड्रिड र बार्सिलोना क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । – एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया