श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

जनगायक जेबी टुहुरेको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । बयोधा अस्पतालमा स्ट्रोक रोगका कारण उपचाररत टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

करिब तीन हप्ता पहिले स्ट्रोकले घरमै लडेपछि उनलाई उपचारका लागि बल्खु स्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

डेढ सयभन्दा बढी गीत गाएका टुहुरेका सबैभन्दा चर्चित गीतः ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’, ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ जस्ता गीतहरु लोकप्रिय छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया