असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज विज्ञप्ति जारी गर्दै नेपालले बन्द प्रशिक्षण कतारको दोहामा गर्ने जनाएको हो ।

दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारीका लागि अभ्यास गर्न नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्नेछ । नेपाली टोलीले हाल कास्कीको पोखरामा अभ्यास गर्दै आएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ खेलाडीलाई प्रशिक्षण दिइरहनुभएको छ । कतार जानुअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले भदौ १७ र भदौ २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्नेछ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि असोज ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । नेपालले आयोजक माल्दिभ्ससँग असोज १५ गते, दोस्रो खेल श्रीलङ्कासँग असोज १८ गते, तेस्रो खेल भारतसँग असोज २४ गते तथा लिग चरणको अन्तिम खेल बङ्गलादेशसँग असोज २७ गते खेल्ने तालिका रहेको एन्फाले जनाएको छ ।

नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्स सम्मिलित उक्त प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज ३० गते भिड्ने छन् । हाल पोखरामा बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार