असार २४, २०८२ मंगलबार July 8, 2025

रमेश बाहुन समूहका सुटर समातिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रहरीले गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले पुष्टि गरेका छन । उनले भने, ‘व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’

थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया