असार २५, २०८२ बुधबार July 9, 2025

ए डिभिजन लिग प्रतियोगिता आजदेखि शुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ए डिभिजन राष्ट्रिय फुटसल लीग प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

पोखरास्थित बहुद्देशीय कभर्डहलमा हुने फुटसल लीगमा १० टोली सहभागिता रहनेछन् । उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै आजै हुने अर्को खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच खेल हुनेछ । विजेताले १० लाख अनि उपविजेताले ५ लाख पाउने आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् । म्यान अफ दि म्याचले ५ हजार प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताबाटै राष्ट्रिय फुटसल टोली चयन हुने एन्फाको भनाइ छ । राष्ट्रिय फुटसल टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया