असार २३, २०८२ सोमबार July 7, 2025

नेपालमा अपराध गरेको नदेखिए समातिएका चिनियाँलाई देश निकाला गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा नेपाल प्रहरीले विदेशी नागरिकविरुद्ध हालसम्मकै ठूलो अपरेसन चलाएको छ ।
चिनियाँ सुरक्षा अधिकारी र नेपालस्थित चिनियाँ दूतावासको सूचनाको आधारमा नेपालमा बसेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ चलाएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार बादलको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । उनी जनवरी महिनाभित्रै चीन जाँदैछन् ।

ती अधिकारीले भने, ‘यो दुई देशबीच भएको ठूलो सुरक्षा समन्वय हो । नेपालमा अपराध गरेर चीनमा लुक्नेलाई ल्याउन पनि यसले सहयोग गर्नेछ ।’

सोमबार चलाइएको अपरेसनमा मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठबाट १२२ जना पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकले अंग्रेजी भाषा नबोलेका कारण बयान लिन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

भाषा अनुवादक बोलाएर सोधपुछ गर्ने काम भइरहेको एक अनुसन्धान अधिकृतले बताएका छन । उनले भने, ‘उनीहरुले नेपाललाई हानि पुर्‍याउने गरी काम गरेको देखिँदैन । तर, चीनतर्फ भने अपराध गरिरहेको देखिएको छ ।’
उनका अनुसार पर्यटकको आवरणमा नेपाल आएका चिनियाँ नागरिकले नेपालका घर भाडामा लिएर चीनमा साइबर अपराध गरिरहेको देखिएको छ । उनले थपे, ‘डेढ सय पक्राउ परे पनि अझै धेरै चिनियाँ नागरिक नेपालमा कार्यरत रहेको सूचना थियो ।’

पक्राउ परेका चिनियाँ नेपालमा भएका अपराधमा संलग्न देखिएमात्रै यहाँबाट मुद्दा चलाउने सरकारी तयारी छ । नभए अध्यागमन विभागले उनीहरुलाई निष्कासन गर्ने एक अधिकारीले बताएका छन । नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासन गरेर उनीहरुलाई चीन पठाउन लागिएको हो ।

‘चिनियाँ अधिकारीले विमान नै चार्टर गरेर उनीहरुलाई लाने प्रस्ताव गरेका छन्’, स्रोतले भन्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार