असार २५, २०८२ बुधबार July 9, 2025

बार्सिलोना र ग्रानडा भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ । मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा बार्सिलोना तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा २ जित र १ हार ब्यहोरेको छ । खराब सुरुवात गरेको बार्सिलोना ७ अंकसहित तालिकाको १०औं स्थानमा छ ।

यता, भ्रमणकारी टाेली ग्रानडा भने पहिलो जितको खोजीमा छ । ४ खेलमा ग्रानडाले हालसम्म जित निकाल्न सकेको छैन । दुई बराबर र दुई खेलमा हार ब्यहोरेको ग्रानडा २ अंकसहित १७औं स्थानमा छ ।

ग्रानडा बार्सिलोनालाई पराजित गर्दै कम्तिमा १४औं स्थानमा उक्लन चाहन्छ । यता, बार्सिलोना समेत घरेलु मैदानमा सहज जितसहित पाचौं स्थानमा उक्लने दाउमा छ । ग्रानडाविरुद्ध बार्सिलोनालाई मेम्फिस डेपाए, लुक डे जङ, फिलिप कौटिन्हो जस्ता खेलाडीको अग्रपंक्तिमा साथ रहनेछ ।

ला लिगामा ५ खेल खेलिसक्दा अपराजित रहेको रियल म्याड्रिड १३ अंकसहित शीर्षस्थानमा रहेको छ । न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार