वैशाख २०, २०८१ बिहिबार May 2, 2024

प्रशिक्षक तालिम सञ्चालनलाई सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न चारवटा राष्ट्रिय खेलकुद सङ्घसँग प्रशिक्षक तालिम सञ्चालनका लागि आज सम्झौता गरेको छ। वाग्मती प्रदेशले नेपाल ब्याडमिन्टन, नेपाल एथलेटिक्स, नेपाल रग्बी र नेपाल आइटिएफ तेक्वान्दो सङ्घसँग सम्झौता गरेको हो ।

वाग्मती खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङ, तेक्वान्दोका अध्यक्ष अन्जन धमला र एथलेटिक्स सङ्घका तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग सम्झौतपत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार एथलेटिक्सको प्रशिक्षक तालिम त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही असोज ९ देखि १३ गतेसम्म हुनेछ। आइटिएफ तेक्वान्दोको तालिम यही असोज १६ र १७ गते रामेछापमा हुनेछ भने रग्बीको असोज १९ र २० गते चितवनमा हुनेछ ।

त्यस्तै, आगामी कात्तिक ५ र ६ गते ब्याडमिन्टनको तालिम राष्ट्रिय खेलकुद परिषद्को (राखेप) कभर्डहलमा हुनेछ। यी चार तालिम सञ्चालनका लागि वाग्मती प्रदेशले रु २० लाख बजेट छुट्याएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने
२०८१ वैशाख २०, बिहिबार
यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख २०, बिहिबार
गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
२०८१ वैशाख २०, बिहिबार
कामपा शिक्षा विभागको निर्णयविरुद्ध प्याब्सन र एन प्याब्सनआबद्ध विद्यालयले सर्वोच्चमा दोस्रो रिट दायर गर्ने
२०८१ वैशाख २०, बिहिबार
संसद्का १६ महिना : जम्मा कानुन चार, २५ विधेयक अलपत्र
२०८१ वैशाख २०, बिहिबार
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी
२०८१ वैशाख २०, बिहिबार
आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा
२०८१ वैशाख २०, बिहिबार