असार २५, २०८२ बुधबार July 9, 2025

‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’- छनोटमा परेका ९ खेलाडीलाई मुख्यमन्त्रीको विदाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’मा भाग लिने भएको छ । पोखरामा एक महिनाअघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि नौ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घले जनाएको छ ।

बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । रसियाको सेन्ट पिटर्सवर्गमा आगामी कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ ।

नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घ गण्डकीका उपाध्यक्ष तारा थापामगरले एक महिना लामो बन्द प्रशिक्षण समापन गरिएको र केही दिनको आरामपछि पुनः रसिया जानु १० दिन अगाडि काठमाडौँमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार हाप्किडो सङ्घका प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ नेतृत्वमा रसिया जाने खेलाडीमा चार महिला र चार पुरुष खेलाडी छन् ।

सहभागी हुने खेलाडीमा भुवन बुढामगर (लुम्बिनी), प्रविन गुरुङ (बागमती), कृति गिरी (गण्डकी प्रदेश), विजयाकुमारी वाइबा (प्रदेश नं १), गङ्गा घर्तीमगर (लुम्बिनी), नवीना श्रेष्ठ (लुम्बिनी), गुमान घर्तीमगर (लुम्बिनी) र गणेश केसी (लुम्बिनी) रहनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया