असार २५, २०८२ बुधबार July 9, 2025

आइपिएल क्रिकेटः चेन्नईले कोलकोतालाई २ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइटराइडर्सलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई २ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १७२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

योसँगै चेन्नईले १० खेलमा आठौं जित हासिल गरेको छ । चेन्नईले १० खेलमा ८ जित र दुई हारसहित १६ अंक हासिल गरेको छ भने अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै कोलकोताको भने यस सिजनमा यो छैटौ हार हो । कोलकोताको १० खेलमा ४ जित र ६ हारसहित ८ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया