कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायिका बिष्णु माझीको ‘दशैँ-तिहार आइसक्यो’ सार्वजनिक (भिडियोमा हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली संगीतिक बजारकी ‘सेक्रेट स्टार’ हुन लोकदोहोरी गायिक बिष्णु माझी । उनी गुमनामजस्तै छिन्- तर स्वरले बजार तताएको छ । माझीकाे तीज गीत ‘चरी जेलैमा’ गीतले निकै लाेकप्रिय रह्याे । युट्युबमा ‘चरी जेलैमा’ ले छोटो समयमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ ।

तीज सकिएर पनि ‘चरी जेलैमा’ को चर्चा सेलाउन नपाउँदै गायिका माझीको स्वरमा नयाँ ‘दशैँ-तिहार’काे गीत सार्वजनिक भएको छ ।

उनको स्वरमा सार्वजनिक ‘दशैँ-तिहार आइसक्यो’ बोलको गीत पनि दर्शक स्रोताको मन जित्न सफल भएको छ । सपना म्युजिक इन्डष्ट्रिजको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गीतको भिडियो दुई दिनमा ११ लाख पटक हेरिएका छन् ।

‘यहीँको तापम घाम राजै, यहीँको तापम जुन
यहीँ जोतम्ला खेतबारी, यहीँ फलाम्ला सुन
आउ है गाउैमा….’

गीतले परदेशिएका आफ्नो मान्छेलाई गाउँ डाकेको छ । बिष्णुको एकल स्वरमा रहेको गीतको शब्द र लय सिर्जना उनका श्रीमान् सुन्दरमणी अधिकारीले गरेका हुन् । ‘चरी जेलैमा’ को झल्को दिन गीतको कोरसमा महिमा आचार्यले स्वर भरेकी छन् ।

शिव विकको कोरियोग्राफीमा तयार भिडियोमा प्रिया विष्टको अभिनय देख्न सकिन्छ । शम्भु चालिसेले छायंकन गरेका दृश्यको सम्पादन सुजन शाहीले गरेका हुन् । बिष्णुले गाएको ‘चरी जेलैमा’ ले छोटो अविधीमा दुई करोड भ्युज पाएको छ । ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, लगायत उनले स्वर दिएका गीतले युट्युबमा करोड बढी भ्युअर्स बटुलेका छन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार