असार २२, २०८२ आइतबार July 6, 2025

शान्ति पदयात्रामा सहभागी २७ जनाको अपहरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पश्चिमी अफगानिस्तानको शान्ति पदयात्रामा सहभागी २७ जनालाई तालिवान लडाकुहरुले अपहरण गरेका छन् । पिपुल्स पिस मुभमेन्टले शान्ति र युद्धविरामको माग गर्दै करिब दुई साता अगाडिदेखि हेरात प्रान्तबाट आफ्नो यात्रा सुरु गरेको थियो । तर फराह प्रान्त प्रवेशपछि उनीहरुको अत्तोपत्तो नरहेको बीबीसीले जनाएको छ ।
फाराह प्रान्तका डेपुटी गभर्नर मसूद बख्तावरले ६ वटा कारमा रहेका उनीहरुलाई तालिवान लडाकुहरुले एक मुख्य सडकमा रोकेका थिए । त्यसपछि उनीहरुलाई अज्ञात स्थलतर्फ लगेर गए । उनीहरु तालिवान समूहको अपहरणमा परेको भनिए पनि तालिवान वा अन्य कुनै संगठनले यसको जिम्मा लिएको छैन ।
एकातिर अफगानिस्तानमा अमेरिकाले शान्ति स्थापनाका लागि तालिवानसँग वार्ता जारी राखेको छ भने अर्कोतिर अफगानी र अन्तर्राष्ट्रिय सैन्य बलमाथि आक्रमणका घटना पनि सार्वजनिक भइरहेका छन् ।

एक स्टेडियममा कार बम बिष्फोट हुँदा १७ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएपछि हेलमण्ड प्रान्तबाट यो शान्ति पदयात्रा सुरु गरिएको थियो । त्यस बेलादेखि यो शान्ति समूहले अफगानिस्तानको अलग-अलग स्थानबाट यात्रा गर्दै आएको छ । यो समूहले तालिवानको कब्जामा रहेको क्षेत्रमा समेत पदयात्रा गरेको छ ।

यो शान्ति पदयात्रामा निस्किएकाहरुलाई अफगानिस्तान सरकारले आर्थिक सहयोग गरेको आरोप तालिवानले लगाउँदै आएको छ । यद्यपि पदयात्रीहरुले यस्तो आरोपलाई इन्कार गर्दै आएका छन् ।

अफगानिस्तानमा सन् २००१ देखि जारी युद्धमा हालसम्म तीन हजारभन्दा बढी अन्तर्राष्ट्रिय सैन्यकर्मी र दशौं हजार अफगान नागरिक मारिइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार