असार २५, २०८२ बुधबार July 9, 2025

इपिएल टी-ट्वान्टी क्रिकेटः काठमाडौं र पोखरा भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो दिन आज मंगलबार एउटा मात्र खेल हुँदैछ । चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स इलेभन र पोखरा राइजोन भिड्न लागेका हुन् ।

खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस अघि काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो।

सोमबार तय काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने बर्षाका कारण मैदान ओसिलो हुँदा टसनै नभई खेल रद्द भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखराको यो दोस्रो खेल हो । पहिलो खेलनै वर्षाले प्रभावित भएपछी पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । १० ओभरको खेल जारी रहँदा वर्षा भएपछि खेल रोकिएको थियो । अन्तिम समयसम्म पनि वर्षा नरोकिएपछि दुबै टोलीलाई १-१ अंक बाँडिएको थियो ।

सोमबारका दुबै खेल समेत वर्षाका कारण हुन सकेन । पहिलो खेलमा काठमाडौं र विराटनगरले मैदान ओसिलो हुँदा टस नै गर्न पाएनन् । दोस्रो खेलमा चितवन र भैरहवाबीचको खेलमा टस हुने तय हुँदा पुनः वर्षा भएको थियो । दुबै खेल पुनः खेलाइने वा अंक बाँडन भन्ने विषय तय हुन बाँकी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया