काठमाडौं । मध्य एशियाली देश काजकस्तानमा १ सय जना सवार विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।
अलमाटी शहर नजिकै भएको बेक एयर दुर्घटना हुँदा कम्तिमा १४ को मृत्यु भएको र ३५ जनालाई जीवितै उद्दार गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ।
एजेन्सीका अनुसार बेक एयरको जहाज अलमाटि अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ कंक्रिट पर्खाल र एउटा दुईतले घरमा ठोकिँदा दूर्घटना भएको हो।
सो जहाज काजकस्तानको राजधानीका लागि उडेको थियो।
विमानमा ९५ यात्री र चालक दलका पाँच सदस्य सवार थिए। विमान अलमाटीबाट अर्को शहर नुर सुल्तानतर्फ जाँदै गर्दा विमान दुर्घटनामा परेको हो।
सो जहाज मध्यमसाइजको फोकर–१०० ट्वीन टर्बोफ्यान जेट एयरलाइनर भएको जनाइएको छ। यो जहाज बनाउने कम्पनी सन् १९९६ मैं टाट पल्टेर फोकर–१०० उत्पादन रोकेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया