बैसाख २७, २०८३ आइतबार May 10, 2026

रामचन्द्र भञ्ज्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेको मकवानपुरका प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिएका छन ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खस्दा ५ जना पुरुष र १ जना महिला घाइते भएको पौडेलले जानकारी दिएका छन । जीपका चालक समेत घाइते भएका छन् ।

सिस्नेरी, छैमले, भिमफेदी र फर्पिङबाट आएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी मनमोहन मेमोरियर अस्पताल फर्पिङमा उपचारको लागि पठाइएको उनले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट समेत थप टोली घटनास्थल तर्फ जाँदै गरेको पौडेलले बताएका छन ।

प्रहरीको टोली उद्धार कार्यमानै व्यस्त रहेकाले दुर्घटना कसरी हुन पुग्यो भन्नेबारेमा अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेको पौडेलले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार