काठमाडौं: चौंथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । फाइनल खेल १२:१५ बजे सुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
ईपीएलमा चितवन र पोखराबीच ४ खेल भएको छ । जसमा चितवन ३ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । पछिल्ला तीन खेलमा चितवनले लगातार जित हात पारेको छ । यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लिग चरण र क्वालिफायर भेटमा चितवनले समान ९ विकेटको जित निकालेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया