असार २५, २०८२ बुधबार July 9, 2025

युईएफए नेसन्स लिग ‘ए’ को उपाधी फ्रान्सले हात पार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युईएफए नेसन्स लिग ए च्याम्पियनशीपको फाइनल खेलमा फ्रान्सले स्पेनलाई पराजित गरेको छ । इटालीको मिलानो शहरमा आज बिहान सम्पन्न खेलमा फ्रान्सले स्पेनलाई २-१ गोलले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको स्पेनले दोस्रो हाफको ६४औं मिनेटमा फरवार्ड माइकल ओयरजबालको गोलले अग्रता लिएको थियो ।

खेलको ६६औं मिनेटमा फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।

खेलको ८०औं मिनेटमा फ्रान्सका चर्चित स्ट्राकर क्लियन एम्बाप्पेले अर्को गोल गर्दै फ्रान्सको जितलाई सुनिश्चित बनाएका थिए । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई र स्पेनले इटालीलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए ।

गत सिजनको विजेता पोर्चुगल भने लिग चरणबाटै बाहिरिएको थियो । आज बिहानको फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेवापत फ्रान्सका किलियन एम्बाप्पे म्याच अफ द म्याच घोषित भएका थिए । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार