असार २५, २०८२ बुधबार July 9, 2025

साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपल्ट फाइनल यात्रा तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक इतिहास रचेको छ । लीग चरणको अन्तिम खेलमा अन्तिम समयमा गोल गर्दै बंगलादेशसँग एक एक गोलको बराबरी गरेपनि नेपाली टिमले साफको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको छ । सन् १९९३ मा शुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।

नेपालले खेलमा एक गोलले पछि परेको अवस्थामा खेल बराबरी गर्दै इतिहास बनायो । नेपाललाई हारबाट बचाउन अञ्जन विष्टले पेनाल्टीमा गोल गरे ।

माल्दिभ्सको माले रंगशालामा भएको खेलमा नेपाल सुरुवातमा नै एक गोल खान पुग्यो । खेलको दोस्रो मिनेटमा नै नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसलाई सुजल श्रेष्ठले निकै फितलो प्रहार गरे ।

खेलको आठौं मिनेटमा सुमन गौतमले फल गरेपछि पाएको फ्रिकिकमा बंगलादेशले गोल गर्न सफल भयो । उसका लागि मोहम्मद सुमन रेजाले गोल गरे । ६९ औं मिनेटमा गौतम श्रेष्ठको क्रमसमा रोहित चन्दले डिबक्समा गरेको हेडर पोष्टको नजिकैबाट बाहिरीदा नेपाली समर्थक चुकचुकाउन पुगे ।

७५ औं मिनेटमा सुमन अर्यालको प्रहारमा मनिष डाँगीले हेडको प्रयास गरेपनि बंगलादेशी गोलकिपरले बचाए । ७८ औं मिनेटमा बंगलादेशी गोलकिपर अनिसुरले डिबक्स बाहिर आएर अञ्जन विष्टलाई फल गरेपछि सोझै रातो कार्ड पाएर बाहिरीएका थिए ।

जसका कारण नेपालले पाएको फ्रिकिकलाई पनि अन्तिममा बंगलादेशी गोलकिपर रानाले बचाए । ८६ औं मिनेटमा नेपालले पेनाल्टी पायो । डिबक्समा अञ्जन विष्टलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई अञ्जन विष्टले नै गोल गर्न सफल भए । अब नेपालले उपाधीका लागि आजै राती भारत र माल्दिभ्सको विजेतासँग खेल्नेछ ।

यसैबीच आजको खेलबाट रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेलेको तथ्यांकमा पूर्व कप्तान विराज महर्जनको बराबरी गरेका छन् ।

नेपाली राष्ट्रिय टिमबाट सन्यास लिइसकेका विराजले ७३ क्याप जितेकोमा अब रोहितले बंगलादेशविरुद्धको खेलसँगै त्यसको बराबरी गरेका छन् र संयुक्त रूपमा दोस्रो स्थानमा उक्लेका छन् । किरणले भने बंगलादेशविरुद्धको खेलबाट कीर्तिमान ७८ औं क्याप जितेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार