असार २५, २०८२ बुधबार July 9, 2025

तेह्रौं संस्करणको साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।

भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो ।

भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ ।

नेपाली टोलीको मुख्य खेलाडीको रुपमा अघि बढेका अन्जन विष्ट भने आजको खेल खेल्न नपाउने भएका छन् ।

भारत र बंगलादेशविरुद्धको खेलमा १-१ गरी दुईवटा पहेंलो कार्ड पाएपछि अन्जनले आजको खेल गुमाउन लागेका हुन् ।

जारी प्रतियोगितामा दुई गोल गरिसकेका अन्जनको अनुपस्थितिले आजको फाइनल खेलमा नेपाललाई घाटा हुन सक्ने अनुमान गरिएको छ ।

भारतका फरवर्ड फारुख चौधरी चोटका कारण र प्रशिक्षक स्टिमाच र अन्य खेलाडी पनि रातो कार्डका कारण मैदान बाहिरै रहनेछन् ।

खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरण चेम्जोङले आजको जीतका लागि पुरानो घाउ बिर्संदै आक्रमक रुपमा खेल्दै इतिहास रच्ने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार