असार २२, २०८२ आइतबार July 6, 2025

आईएसद्वारा ११ इसाईको घाँटी रेटेर हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जिहादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ।

आईएसको समाचार संस्था ‘अमाक’ले एउटा भिडियो सार्वजनिक गर्दै हत्याको दृश्य देखाएको हो।

बीबीसीका अनुसार आईएसले त्यसलाई अक्टोबरमा सिरियामा आफ्ना नेता र प्रवक्ता हत्या गरिएको बदलाको एउटा घटना भएको बताएको छ।

५६ सेकेन्ड लामो भिडिओमा घाँटी रेटेर मारिएको देखाइएका सबै पुरुष छन्। तर ती को हुन् भन्नेबारे विस्तृत जानकारी दिइएको छैन।

आईएसले उनीहरूलाई नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ।

भिडिओ बिहीबार सार्वजनिक भएको हो। एक जनालाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर टाउको काटिएको बीबीसीले जनाएकाे छ।

आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर अन्त्यतिर सिरियामा मारिएका थिए।

विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडिओ सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार