असार २५, २०८२ बुधबार July 9, 2025

आइपीएलको उपाधी चेन्नई सुपर किङ्सलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्डियन प्रिमियर लिग आइपीएल २०२१ को उपाधी चेन्नई सुपर किङ्सले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेन्नाईले कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो ।

युएईको दुबई क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ८६ रनको पारी खेल्दै चेन्नाईलाई बलियो बनाएका थिए । १९३ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रनमा समेटिएपछि फाइनल उपाधी चेन्नाईको हातमा गएको हो ।

कोलकाताका ओपनद्वय वेकटेश ऐर र सुभमन गिलले १० दशमलव ४ ओभरमा ९१ रनको साझेदारी गर्दै सुखद सुरुवात गरेपछि अन्य व्याट्सम्यानहरु चल्न नसक्दा कोलकाता पराजित हुन पुगेको हो ।

यसअघि चेन्नई २०१० मा मुम्बई इन्डियन्सलाई २२ रनले पराजित गर्दै पहिलोपटक च्याम्पियन बनेको थियो भने यो चेन्नईको चौथो उपाधी हो ।

साविक विजेता मुम्बई इन्डियन्स भने समूह चरणबाटै बाहिरिसकेको थियो । च्याम्पियन चेन्नई सुपर किङ्सले दश करोड भारु पुरस्कार प्राप्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार