असार २५, २०८२ बुधबार July 9, 2025

नेपाली फुटबल टिम आज स्वदेश फर्कदै- मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल नआउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ । नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् ।

तर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल नआउने एन्फाले जनाएको छ । उनी केही दिन परिवारसँग बसेर केही दिन नेपाल फर्कने एन्फाको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया