काठमाण्डौंः साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्केको छ ।
माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान नेपाल आइपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो । विमानस्थलमा थुप्रै समर्थकहरुको समेत उपस्थिति रहेको थियो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने आज फर्केका छैनन् । उनले केही दिनपछि मात्रै आफू नेपाल फर्कने-नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् । नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको थियो ।
नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया