असार २४, २०८२ मंगलबार July 8, 2025

काठमाडौं महानगरपालिका भित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ ।

काठमाडौंका सडकलाई बेवारिसे मानिसमुक्त (मानवमुक्त महानगर) पार्ने अभियानअन्तर्गत ३ सय ६७ जनाको उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।
उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन् भने आश्रममा १ सय ५२ जना रहेका छन् ।काठमाडौं महानगरले सडकमा कोही बेवारिसे भएर बस्न नपर्ने भन्दै ०७६ मंसिर २९ मा अभियान घोषणा गरेको थियो ।

अभियानका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेको छ । शनिबारसम्म ३६७ जनाको उद्धार गरिएको आश्रमका ३ नम्बर संयोजक सुमन बर्तौलाले जानकारी दिए । उनका अनुसार सडकबाट ३०८ जना पुरुष, ५२ जना महिला र ७ जना बालवालिकाको उद्धार भएको छ ।

३ महिनालाई घोषणा गरिएको यस अभियान अन्तर्गत ३ महिनाभित्र सडकमा भेटिने सबैलाई उद्धार गर्ने र त्यस पछि काठमाडौंलाई बेवारिसे मानवबाट मुक्त गर्ने महानगरको तयारी छ ।

यसअघि चितवनको भरतपुर महानगरपालिकाले पनि यस्तै घोषणा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार