बैसाख २७, २०८३ आइतबार May 10, 2026

काठमाडौं महानगरपालिका भित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३ सय ६७ बेवारिसे मानिसको उद्धार गरेको छ ।

काठमाडौंका सडकलाई बेवारिसे मानिसमुक्त (मानवमुक्त महानगर) पार्ने अभियानअन्तर्गत ३ सय ६७ जनाको उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।
उद्धार भएकामध्ये शुक्रबारसम्म २ सय १५ जना घर फर्किएका छन् भने आश्रममा १ सय ५२ जना रहेका छन् ।काठमाडौं महानगरले सडकमा कोही बेवारिसे भएर बस्न नपर्ने भन्दै ०७६ मंसिर २९ मा अभियान घोषणा गरेको थियो ।

अभियानका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरेको छ । शनिबारसम्म ३६७ जनाको उद्धार गरिएको आश्रमका ३ नम्बर संयोजक सुमन बर्तौलाले जानकारी दिए । उनका अनुसार सडकबाट ३०८ जना पुरुष, ५२ जना महिला र ७ जना बालवालिकाको उद्धार भएको छ ।

३ महिनालाई घोषणा गरिएको यस अभियान अन्तर्गत ३ महिनाभित्र सडकमा भेटिने सबैलाई उद्धार गर्ने र त्यस पछि काठमाडौंलाई बेवारिसे मानवबाट मुक्त गर्ने महानगरको तयारी छ ।

यसअघि चितवनको भरतपुर महानगरपालिकाले पनि यस्तै घोषणा गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार