काठमाण्डौंः आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराएर सुखद सुरुवात गरेको इंग्ल्यान्डले दोस्रो खेलमा बंगालादेशसँग प्रतिस्पर्धा गर्दै छ ।
इंग्ल्यान्डले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेश र इंग्ल्यान्ड हालसम्म टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आमने–सामने भएका छैनन् ।
टी–ट्वान्टी क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका दुवै टोली आजको खेलमा आफूलाई अब्बल साबित गर्ने योजनामा छन् । आईसीसीको वरीयताको शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले नवौँ स्थानको बंगलादेशलाई प्रतिस्पर्धीको रूपमा पाएको हो ।
पहिलो खेलमा सहज जित निकालेको इंग्ल्यान्ड आजको खेलमा पनि सोही लय दोहोर्याउने योजनामा छ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको बंगलादेशलाई भने सेमिफाइनल प्रवेशमा आफ्नो सम्भावना जोगाइराख्न आजको खेलमा जित निकाल्नैपर्ने दबाब छ ।
आबुधाबीस्थित शेख ज्यायद क्रिकेट स्टेडियममा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । – एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया