असार २५, २०८२ बुधबार July 9, 2025

भेट्रान्स फुटबलमा आर्मीको जीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले लगातार दोस्रो जीत दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गदै दोस्रो जीत दर्ता गराएको हो ।

पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । यस जीतसँगै आर्मीले २ खेलमा ६ अङ्क जोड्यो । आर्मीको जीतमा राजु तामाङले दुई गोल गरे भने विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे । यता फर्पिङका लागि भने निरज श्रेष्ठले एक गोल फर्काएका थिए ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी २१ टोलीलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टोली दोस्रो चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । हरियालीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार