काठमाडौं । प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरिराम नेपाली छन् ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवईबाट आएका उनले मलद्वारमा लुकाएर दुई टुक्रामा गरी ५ सय ग्राम सुन भित्र्याउन खोजेका थिए । उनको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया