असार २४, २०८२ मंगलबार July 8, 2025

आज काठमाडौंका यी रुटमा यातायात बन्द हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहका कारण आज (बुधबार) काठमाडौं उपत्यकाको यातायात प्रभावित हुने भएको छ।

उद्घाटनअघि निस्किने र्याली र राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिको सवारी हुने भएकाले दिउँसो २ बजेपछि कालीमाटीदेखि जमलसम्म यातायात प्रभावित हुने भएको हो।

ट्राफिक प्रहरी महाशखाका अनुसार दिउँसो २ बजेपछि ठमेललगायत क्षेत्रबाट भ्रमण वर्ष उद्घाटका अवसरमा र्‍याली निस्किँदै छ। जसका कारण कालीमाटी, सहिदगेट, थापाथली, त्रिपुरेश्वर, जमल, केशरमहल क्षेत्रका सडकमा सवारी आवागमन प्रभावित हुने भएको हो।

त्यसैले यसको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ।

ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

दशरथ रंगशालामा आयोजना हुने भव्य समारोहका बीच आज अपराह्नम ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने कार्यक्रम छ।कार्यक्रममा विभिन्न देशका मन्त्रीलगायत विशेष अतिथि सहभागी हुँदै छन्।

यो भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार