असार २४, २०८२ मंगलबार July 8, 2025

नक्कली ‘स्मार्ट’ सवारीचालक अनुमतिपत्र बनाउने गिरोह समातिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रहरीले नक्कली ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र बनाएको आरोपमा आधा दर्जन गिरोहलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दुईजनालाई ललितपुरको ग्वार्कोबाट र चारजनालाई काठमाडौंको न्यूरोडस्थित फोटो कन्सर्न स्टुडियोबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सलार्हीका दीपक ब्लोन, काठमाडौं, कुलेश्वरका बुद्धिबहादुर रोक्का, चुच्चेपाटीका अनन्त गुरुङ, बाराका अशोक कार्की, सिरहाका मोहन यादव र लाजिम्पाटका कुमार तण्डुकार रहेका छन् ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा फोटो कन्सर्नमा छापा मार्दा सवारी चालकहरुबाट नियन्त्रणमा लिइएका केही ‘स्मार्ट लाइसेन्स’ नक्कली भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया