असार २४, २०८२ मंगलबार July 8, 2025

सुर्खेतमा विप्लव समुह र प्रहरीबिच दोहोरो फायरिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच फायरिङ भएको छ ।

सुर्खेतको पञ्चपुरी नगरपालिका-८ स्थित चेनेरीताल जंगलमा प्रहरी र विप्लव समुहबिच दोहोरो फायरिङ भएको हो ।

चन्द समूहका नेता बज्रबहादुर शाही घरमा आएको भन्ने गोप्य सूचनाका आधारमा निजलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि बुधबार दिउँसो तीन राउन्ड फायर गरिएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार घरमा नपुग्दै चेनेरीताल जंगलमा चन्द समूह र प्रहरीबीच दोहोरो फायरिङ भएको बताए ।

शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुईजना प्रहरी सादा पोसाकमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया