भाद्र २, २०८३ मंगलबार August 18, 2026

लायन्स डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङ आजबाट शुरु हुदैंः ३ हजार प्रतिनिधी सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको दोस्रो क्याविनेट मिटिङ आजबाट काठमाडौंमा शुरु हुँदै छ । विश्वको सबैभन्दा ठूलो डिष्ट्रिक्टको रुपमा परिचय पाएको दोस्रो क्याविनेट मिटिङको विजनेस सेशन आज शुक्रबार २ बजेबाट स्काई रेष्ट्रो सामाखुसीमा शुरु हुनेछ । त्यस्तै दोस्रो क्याविनेट मिटिङको प्लेनरी सेशन भने प्रज्ञा भवन कमलादीमा भोली शनिबार हुने दोस्रो क्याविनेट मिटिङका संयोजक लायन आरवी अधिकारीले बताएका छन ।

शनिबारको दाेस्राे क्याविनेट मिटिङको विहान साँढे सात बजे भृकुटी मण्डपबाट प्रज्ञा भवनसम्म प्रभात फेरी र्याली समेत रहने बताइएको छ । दाेस्राे क्याविनेट मिटिङ पूर्व मंसिर १४ गतेसम्म प्रि रजिष्ट्रेशनको समयावधी तोकिएको थियो ।

डिष्ट्रिक्ट ३२५ वि १ नेपाल सदस्य संख्याको हिसाबले विश्वको सबैभन्दा ठुलो क्लबको मान्यता पाएको यस क्लबले यस पटकको दोस्रो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले बताउनुभयो । दुईदिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजी ज्यूहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी ३००० को हाराहारीमा सहभागी हुने अपेक्षा गरिएको गर्भनर आचार्यले बताउनुभयो ।

आयोजक कमिटीका अनुसार दोस्रो क्यविनेट मिटिङको पहिलो दिन शुक्रबारका लागी सम्पूर्ण पिडिजीहरु,रिजन, जोन, क्लस्टर, मोडल भिलेज चिफ सहित क्याविनेटका डिर्पाटमेन्ट चिफ पदसम्मका सिनियर लिडरहरुलाई मात्र आमन्त्रण गरिएको छ ।

शनिबार भने क्याविनेट मिटिङमा नाम दर्ता गर्ने सम्पूर्ण लायन्ससदस्यहरु सहभागी हुन पाउनेछन् । यो ऐतिहासिक दोस्रो क्याविनेट मिटिङलाई भव्यताका साथ सम्पन्न गर्न डिष्ट्रिक्ट गर्भनर आचार्यले सम्पूर्ण लायन्स साथीहरुलाई आग्रह गरेका छन् । यो लायन वर्षमा डिष्ट्रिक्टका विभिन्न कार्यक्रममा सहयोग र सहकार्य गर्ने केही लायन्स लिडरहरु र क्लवलाई डिष्ट्रिक्टले उक्त क्याविनेट मिटिङमा सम्मान गर्ने तयारी गरेको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईले बताए ।

काठमाडौंमा हुन गहिरहेको यस पटकको दोस्रो क्याविनेट मिटिङलाई लायन्स क्लव अफ काठमान्डौं स्वयम्बु टाउनले होस्ट गरेको छ । क्यविनेट मिटिङ सम्पन्न गर्न लायन आर वि अधिकारीको संयोजकत्वमा विभिन्न उपसमिती बनाएर काम भइरहेको डिष्ट्रिक्ट सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार