काठमाडौंः लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको दोस्रो क्याविनेट मिटिङ शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न भएको छ। विश्वको सबैभन्दा ठूलो यो डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङको विजनेस सेशन मंसिर १७ गते शुक्रबार स्काई रेष्ट्रो सामाखुसीमा भएकाे थियाे भने मिटिङको प्लेनरीसेशन प्रज्ञा भवन कमलादीमा शनिबार भएकाे हाे।
डिस्ट्रिक्ट गभर्नर लायन बिशेस्वर आचार्यकाे सभापतित्वमा सम्पन्न उक्त क्याविनेट मिटिङ लायन्स अन्तर्राष्ट्रियका पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन सन्जय खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रम महानायक राजेश हमाल, डा. छिरिङ लामा , एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी, एमसिसि लायन मन रोका र सम्पुर्ण पिडिजिकाे विशेष आतिथ्यता तथा लायन लिडरहरु र लायन साथीहरूको सहभागितामा भब्यताका साथ सम्पन्न भएको बताइएकाे छ ।
कार्यक्रमलाई सहयोग गर्नुहुने अग्रज लायन लिडरहरू, होस्ट क्लब लायन्स क्लब अफ काठमाडौं स्वयम्बु टाउन परिवार, सहभागी क्याबिनेटका साथीहरू, क्लब अध्यक्ष तथा पदाधिकारीहरु तथा सहकार्य गर्ने सम्पुर्णलाइ डिस्ट्रिक्ट ३२५ बी १ सचिवालयले आभार प्रकट गरेकाे छ । साे अवसरमा डिस्ट्रिक्ट ३२५ बी १ को तर्फबाट लायन्सका एलसिआइएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी र महानायक राजेश हमाललाइ सम्मान गरिएकाे डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन दुर्गाप्रसाद हुमागाईले बताएका छन ।
सदस्य संख्याको हिसाबले विश्वको सबैभन्दा ठुलो डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यस पटकको दोस्रो क्यविनेट मिटिङ ऐतिहासिक भएकाे र २५०० हाराहारीकाे उपस्थिति रहेकाे डिष्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले बताए । लायन वर्ष २०२१- २२ मा डिष्ट्रिक्टका विभिन्न कार्यक्रममा सहयोग र सहकार्य गर्ने लायन्सहरु र क्लवलाई डिष्ट्रिक्टले उक्त क्याविनेट मिटिङमा सम्मान समेत गरेकाे बताइएकाे छ ।
काठमाडौंमा सम्पन्न यस पटकको दोस्रो क्याविनेट मिटिङलाई लायन्स क्लव अफ काठमान्डौं स्वयम्बु टाउनले होस्ट गरेको थियाे । क्याविनेट मिटिङ सम्पन्न गर्न लायन आर वि अधिकारीको संयोजकत्वमा विभिन्न उपसमिती बनाइएको थियाे ।
क्याविनेट मिटिङ शुरु हुनुपूर्व डिस्ट्रिक्ट गभर्नर लायन बिशेश्वर आचार्य, एलसिआइएफ एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहरा लागायत थुप्रै क्लबहरुका पदाधिकारी तथा प्रतिनिधीहरुको सहभागितामा भृकुटीमण्डपबाट परेड स्वरुप मार्च गर्दै प्रज्ञा भवन कमलादीसम्म पैदल यात्रा गरी गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया