कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

गोपीकृष्ण मुभिजको व्यानरमा ‘पर्खिबसेँ २’आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सुपरहिट फिल्म ‘पर्खिबसें’ को नयाँ सिरिज आउने भएको छ। गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा यो फिल्म निर्माण गर्न लागेको हो।

गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटाबीच बिहीबार सहमति भएको हो। फिल्ममा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन्। २०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘पर्खिबसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौभर चौधरीले निर्देशन गर्ने भएका छन्। फिल्ममा कथा पनि उनकै रहनेछ।

पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए। फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ। फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ। यसको पहिलो सिरिजमा राजबल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो।

उक्त समयमा यसको गीतसंगीतलाई दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो। गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ‘माइकल अधिकारी’ आउँदो माघबाट फ्लोरमा जाँदैछ। त्यसपछि यो टिमको ‘पर्खिबसें २’ फ्लोरमा जाने सेड्युल रहेको छ। १३ वर्षपछि यसको दोस्रो सिरज आउन लागेको हो। यो फिल्म अगामी वर्ष रिलिज गर्नेगरी तयारी भइरहेको बताइएको छ।

हिट फिल्मको सिरिज निर्देशन गर्न पाउनु आफूलाई अवसर र चुनौति दुबै भएको निर्देशक चौधरीले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आफ्नो राशिफल
२०८३ कार्तिक १०, मंगलबार
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार