भाद्र २२, २०८३ सोमबार September 7, 2026

प्रदेश २ को सभापतिमा देउवा र निधि पक्षीय नेता प्रतिस्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

शेरबहादुर देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादव र नेता बिमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराका छन् । उनी दुवै जना जनकपुरको गोपाल धर्मशाला पुगेर उम्मेदवारी दर्ता गराएका थिए । स्वतन्त्र रूपमा रञ्जित कर्णले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे पनि उनले उम्मेदवारी भने दर्ता गराएका छैनन् ।

मन्त्री यादवले  आफू कुनै गुटबाट नभई कांग्रेसबाट उम्मेदवारी दिएको बताएका छन् । यादवले आफूलाई सबैको समर्थन रहेको भन्दै जित सुनिश्चित रहेको दाबी गरे । कांग्रेस भित्र गुट उपगुट समाप्त पारेर कांग्रेसलाई मजबुत बनाउनकै लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको दाबी छ ।

देउवा पक्षबाट कृष्णले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र नेता उपेन्द्र यादवले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू सहित ७२ जना प्रदेश कार्य समिति चयन हुने छ । मनोनयन दर्ता अझै जारी नै रहेकोले उम्मेदवारहरूको अन्तिम नामावली राती १० बजे प्रकाशन गरिने प्रदेश निर्वाचन समिति सदस्य अरुणकुमार यादवले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
२०८३ भाद्र २२, सोमबार
भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड
२०८३ भाद्र २२, सोमबार
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छः राष्ट्रपति पौडेल
२०८३ भाद्र २२, सोमबार
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्: सभामुख अर्याल
२०८३ भाद्र २२, सोमबार
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भेटवार्ता
२०८३ भाद्र २२, सोमबार
अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित
२०८३ भाद्र २२, सोमबार
त्रिपक्षीय सैन्य अभ्यासकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक विध्वंसक सेवामा ल्यायो
२०८३ भाद्र २२, सोमबार