असार २१, २०८२ शनिबार July 5, 2025

इराकस्थित अमेरिकी सैन्य अखाडामा ६ दिनको अवधिमा तेस्रो पटक हमला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल-बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ ।

अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर इरान र अमेरिकाबीच तनाब बढेपछि यो एयरबेस अमेरिकी सेनाले छाडिसकेका थिए ।

आइतबारको हमलापछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर अमेरिकामा आक्रोश बढेको प्रतिक्रिया दिएका छन् ।

यही जनवरी ९ तारिखमा बगदादको अन्तर्राष्ट्रिय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो । धेरै देशका दूतावास रहेको यो ‘ग्रिन जोन’मा दुई ठूला विष्फोट पनि भएका थिए । अमेरिकी अधिकारीहरुले यो आक्रमणमा इरान समर्थित शिया विद्रोही संगठन हासेदको हात रहेको दाबी गरेका छन् ।

त्यसअघि इरानले ७ जनवरीमा इराकमा अमेरिकी सेना बसेका दुई स्थानमा २२ वटा मिसाइल प्रहार गरेको थियो । अनबर प्रान्तका अल-असद र इरबिल एयरबेसमा गरिएका यी आक्रमणबाट ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी इरानले गरे पनि पुष्टि भएको छैन ।

अमेरिकाले ३ जनवरीमा इरानको कुद्स सेना प्रमुख जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाब बढेको छ । सुलेमानी मारिएको बदला लिन इरानले इराकस्थित अमेरिकी सैन्य अखाडामा २२ मिसाइल प्रहार गरेको हो । मिसाइल आक्रमणको भोलिपल्ट इरानले १७६ जना सवार युक्रेनको एक बोइङ विमानलाई खसालेको थियो । यसको विरोधमा इरानी जनता आफ्नै सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बालबालिका देशको भविष्य हुन्ः मुख्यमन्त्री कँडेल
२०८२ असार २१, शनिबार
संसदमा प्रश्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्छ : सांसद कार्की
२०८२ असार २१, शनिबार
माओवादी संसदीय व्यवस्थाकै व्यापारी हो : पूर्ण बस्नेत
२०८२ असार २१, शनिबार
रुसको युक्रेनमा भीषण आक्रमण, ५५० ड्रोन र ११ मिसाइल प्रहार
२०८२ असार २१, शनिबार
नेपाल चिकित्सक संघद्वारा राष्ट्रव्यापी आन्दोलनको घोषणा
२०८२ असार २१, शनिबार
प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल
२०८२ असार २१, शनिबार
किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर
२०८२ असार २१, शनिबार