असार २४, २०८२ मंगलबार July 8, 2025

माघ १ देखि खुलामञ्चमा पार्किङ निषेध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी बुधबारदेखि खुलामञ्चमा सवारी साधन पार्किङ निषेध गर्ने भएको छ । खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार महानगरले १ माघदेखि लागू हुने गरी सवारी साधन पार्किङ निषेध गरिएको हो ।

टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै गत कात्तिकदेखि शुरु भएको अकुपाई टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएका थिए ।

खुलामञ्च खुला नै राख्नु पर्ने भएकाले माघ १ गतेदेखि गाडी पार्किङमा रोक लगाउन लागिएको महानगरको वडा नम्बर १८ का अध्यक्ष भाइराम खड्गीले बताएका छन । केही समययता अस्तव्यस्त बनेको खुलामञ्चमा सवारी साधन पार्किङ बन्द भएपछि सार्वजनिक कार्यक्रमहरु गर्न सकिने अध्यक्ष खड्गीले बताएका छन ।

कुनैबेला देशका चर्चित नेताहरुको भाषण गर्ने मुख्य ठाउँको रुपमा रहेको खुलामञ्च हाल बसपार्क, अनधिकृत पार्किङ र निर्माण सामाग्रीले गर्दा अस्तव्यस्त छ ।

पुरानो बसपार्कमा भ्यूटावर निर्माण शुरु भएपछि केही समयका लागि भन्दै महानगरले बसपार्कलाई अस्थायी रुपमा खुलामञ्चमा स्थानान्तरण गरेको थियो ।

खुलामञ्च क्षेत्रमा भानु माध्यमिक विद्यालय निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीका निर्माण सामाग्रीहरु राखिएका छन् भने करिब आधा भू-भाग पुरानो बसपार्कले ओगटेको छ । अकुपाई टुँडिखेल अभियन्ताहरुले केही समय अघि खुलामञ्चमा डोजर लगाएर माटो सम्याउनुका साथै सरसफाइसमेत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार