बैसाख २६, २०८३ शनिबार May 9, 2026

विप्लव नेतृको चार लाख गायव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छिन् विप्लव माओवादीकी मेची-कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् ।

अघिल्लो साँझ भुजेल र कार्यालय सचिव सुमनसिंह पौडेल सुनसरी इञ्चार्ज प्रज्वलसहित दाइको घरमा बास बसेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित गरेको छ ।

यसअघि शुबार स्थानीय दुई जना कार्यकर्ता गिरफ्तार भए पनि त्यसको खबर पाउन सकिएको थिएन । शनिबार बिहान ७ः३० बजे बास बसेको स्थानबाट निस्किना साथ सादा पोशाकका प्रहरीले मोटरसाइकलमा पिछा गरी ५ मिनेटमै पेस्ताल ताक्दै ‘रोक्–रोक्’ भन्दै घेरा हाली बबिन्द्र नेम्वाङको टोलीले समातेको बताइन्छ ।

गिरफ्तार गर्नासाथ बराह इप्रकामा लगिँदा उनीहरुको साथमा चार लाख ३० हजार नगद र डायरी थियो । मुचुल्का ३० हजारको मात्र बनाइ ४ लाख दाखिला नगरिएको आरोप प्रहरीमाथि लागेको छ ।

मुचुल्काको एक ठाउँ खाली रहेको तर उनीहरुले थप षड्यन्त्रको अनुमान नगरेको बुझिएको थियो । पुस १३ गते त्यही खाली ठाउँमा १ वटा कट्टा पेस्तोल थपेर अदालतमा पेस गरिएको विप्लव समूहको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार