श्रावण १६, २०८३ शनिबार August 1, 2026

उपसभामुखलाइ सांसद पदबाटै हटाउने योजनामा प्रचण्ड-नेपालबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपा भित्र सम्भावित अर्को कदमबारे शिर्ष तहमा पुनः छलफल सुरु भएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीकै भरोसामा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल सुरु गरेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपसभामुख प्रकरणमा मौन बसेकाले समस्या जटिल बनेको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको बुझाई छ।

पहिलो विकल्पमा तुम्बाहाङफे बाहेकबाट उम्मेदवार बनाउने विकल्पमा प्रचण्ड र नेपालले छलफल सुरु गरेका छन् । सचिवालय सदस्यबाटै सभामुखको अर्को उम्मेदवार खोज्ने उनीहरुको कसरत छ।

दोस्रो विकल्पमा तुम्बाहाङफेको नाम समानुपातिक सूचीबाट हटाएर सांसद नै रहन नदिने विषयमा पनि प्रचण्ड र नेपालबीच छलफल सुरु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

यस विषयमा आइतबारै उनीहरुले केही निकटस्थ कानुन व्यवसायीसँग गोप्य कुराकानी गरेको स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा रहेका सबै अमेरिकीलाई मध्यपूर्वबाट ‘प्रस्थान गर्ने सोच बनाउन’ दूतावासहरूद्वारा आग्रह
२०८३ श्रावण १६, शनिबार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ: सभापति थापा
२०८३ श्रावण १६, शनिबार
करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
२०८३ श्रावण १६, शनिबार
रोमको पानी मुनीको शहरको अस्तित्व खतरामा, पर्यटकलाई हुन सक्छ निषेध
२०८३ श्रावण १६, शनिबार
प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त
२०८३ श्रावण १६, शनिबार
सहकारी ठगीको मुद्दा हेर्न ‘समर्पित इजलास’ गठन गर्न अनुरोध
२०८३ श्रावण १६, शनिबार
कीर्तिमानी पर्वतारोही पुर्जाको निधन
२०८३ श्रावण १६, शनिबार