असार २१, २०८२ शनिबार July 5, 2025

अमेरिकी सिनेटमा सुरु भयो ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी सिनेटमा त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाभियोग प्रस्तावमा सुनुवाइ सुरु भएको छ ।

आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई समाप्त पार्न युक्रेनको साथ मागेर पद दुरुपयोग गरेको आरोप ट्रम्पमाथि छ । पूर्वउपराष्ट्रपतिसमेत रहेका जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा फसाउन युक्रेनी समकक्षीलाई ट्रम्पले टेलिफोन गरेको दाबी विपक्षीको छ । अमेरिकी तल्लो सदनमा यही आरोपमा महाभियोग सामना गरेका ट्रम्पबारे माथिल्लो सदनमा पनि सुनुवाइ सुरु भएको हो ।

ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्कसम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने संशोधन प्रस्ताव विपक्षीले राखेका थिए । तर रिपब्लिकनले त्यसलाई विफल तुल्याइदिएका छन् ।

बीबीसीका अनुसार, दुई प्रस्ताव विफलपछि रिपब्लिकन तथा डेमोक्र्याटहरू महाभियोग प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले बहस गरिरहेका छन् ।

सिनेटमा ट्रम्प आबद्ध दल रिपब्लिकन पार्टीको बहुमत छ ।

यसका नेता मिच मक्कोनेलले सुनुवाइमा भाग लिँदै महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने मत जायर गरेका छन् । विपक्षी डेमोक्रयाटहरू भने ठीक विपरीत उभिएका छन् । उनीहरू महाभियोग मुद्दाका साक्षी र दस्ताबेज झिकेर यो मामलाको छिनोफानो गर्नुपर्ने अडानमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार