असार २१, २०८२ शनिबार July 5, 2025

कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीनमा पहिलोपटक देखिएको कोरोना भाइरसको महामारी ‘गम्भीर चरण’मा प्रवेश गरेको छ। चिनियाँ अधिकारीहरुले यस भाइरसको रोकथाम गर्न अब गाह्रो हुने स्वीकारर्दै यसको महामारी गम्भीर चरणमा प्रवेश गरेको बताएका हुन्।

हालसम्म यस भाइरसबाट ६ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी यसबाट चीनमा संक्रमित छन्।

मंगलबार मात्र चीनले यस भाइरस मानवबाट पनि सर्ने पुष्टि गरेको थियो। मंगलबार स्वास प्रस्वासबाट यस रोग सर्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको थियो।

तर यस भाइरसको जड के हो भनेर चीनले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

यसैबीच अमेरिकामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। चीनबाट सियटल फर्किएका अमेरिकी नागरिकमा यो रोग भेटिएको अमेरिकाले पुष्टि गरेको हो। बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार