असार २४, २०८२ मंगलबार July 8, 2025

सरकारी एम्बुलेन्समा राखेर गाँजा तस्करी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मकवानपुरमा एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरेको पाइएको छ ।

रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा ओसारपसार भइरहेको अवस्थामा चालकसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिएका छन ।

शनिबार बेलुका पौने ७ बजे मकवानपुर उपमहानगरपालिका १९ नेवारपानीको इलाका प्रहरी कार्यालयले बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा चेकजाँच गर्दा गाँजा फेला परेको हो । त्यस क्रममा नेपाली र भारतीय गरी ९१ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीले एम्बुलेन्स चालक रौतहटको डमुरिया नगरपालिकाका महम्मद खलिद, रौतहट डुमरियाका अशोक कुमार र भारत मोतिहारीका विनोद सहनीलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा गाँजा तस्करीको लागि एम्बुलेन्स प्रयोग भएको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार