असार २१, २०८२ शनिबार July 5, 2025

कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमा तयार गर्‍यो हजार शय्याको अस्पताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमा हजार शय्याको अस्पताल तयार गरेको छ। यसअघि ६ दिनमा सम्पन्न गर्ने भनेको चीनले दुई दिनमै हजार शय्याको अस्पताल तयार गरेको हो।
हुबेई प्रान्तको वाङ्जाउ जिल्लमा यस अस्पताल निर्माण भएको डेलीमेलले जनाएको छ। ह्वान्ग्याङ सेन्ट्रल हस्पिटलको शाखाको रुपमा यो नयाँ अस्पताल निर्माण गरिएको हो।

अस्पतालले काम सुरु गरिसकेको जनाइएको छ। कोरोनाको संक्रमणले महामारीको रुप लिएपछि गत शुक्रबार मात्र चीन सरकारले ६ दिनमा हजार शय्याको अस्पताल निर्माण गर्न निर्देशन दिएको थियो।
शनिबारदेखि जमीन खन्ने कार्य सुरु भएकोमा सोमबारसम्म अस्पताल निर्माण सम्पन्न भएको र पानी, बिजुली तथा इन्टरनेटको पूर्ण व्यवस्था गरिएको जनाइएको छ।
४८ घन्टामै अस्पताल तयार भएको जनाइएको छ। यो अस्पताल निर्माण सम्पन्न गर्न ५ सयजना कामदार दिनरात दुईदिन खटेका थिए।

यस्तै कोरोना संक्रमितकै लागि लक्षित अन्य अस्पतालहरु पनि बनिरहेका छन्। कोरोना पहिलोपटक देखिएको वुहान शहरमा यो अस्पताल निर्माणाधिन छ।

यस अस्पतालमा भने १५ सय बिरामीको उपचार हुनेछ। यहाँ २ हजार चिकित्सकहरुले उपचार गर्नेछन्।

यस्तै तेस्रो अस्पताल जेन्झाउमा बनिरहेको छ। यी अस्पतालहरु फेब्रुअरीदेखि सन्चालनमा आउने अनुमान गरिएको छ।

हालसम्म कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। यस भाइरसबाट चीनमा मात्र ५ हजार ९ सय ७४ संक्रमित छन्।

यस्तै चीनबाहिर ८२ गरी पुरा ६ हजार ५६ मा यस भाइरसको संक्रमण देखिएको सीएनएनले जनाएको छ।

कोरोनाको संक्रमणपछि साफ फेर्न निकै गाह्रो हुने र निमोनियाको संकेत देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यो चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक देखिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार