असार २४, २०८२ मंगलबार July 8, 2025

सुनसरीको दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । सुनसरीको इनरुवास्थित तित्रिवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा मृत्यु हुनेहरुको संख्या चार पुगेको छ ।

मृत्यु हुनेमा माइक्रो बसका चालक धादिङको बैरेनी ३ का दीपक खड्का, झापा भद्रपुर ५ की ६५ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला र झापा चन्द्रगढीकी गरिमा पौडेलको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । ९ जनाको गोल्डेन अस्पतालमा, ४ जनाको एपेक्स अस्पतालमा र २ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

झापाबाट काठमाडौं जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाइस माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७०५ नम्बरको बस आइतबार बिहान सवा ७ बजेतिर सुनसरीको रामधुनी नगरपालिका २ कृषिफर्म नजिक आपसमा ठोक्किएका थिए ।

बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

यसैबीच सर्लाहीको गोडैता नगरपालिका ७ मोहनचोकमा शनिबार मध्यराति भारतीय नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका २ का २० वर्षीय उपेन्द्र सोनर र २० वर्षीय राजेन्द्र यादवको मृत्यु भएको हो ।

यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा आइतबार बिहान माइक्रो बसको ठक्करबाट एक जना मोटरसाइकल चालक घाइते भएका छन् । घाइते भएका चालक नुवाकोट घर भई हाल कपन बस्ने ३० वर्षीय पूर्णबहादुर तामाङ छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भैरहेको छ ।

आइतबार बिहान ५ बजे तामाङले चलाएको बा २६ प ३५ नम्बरको मोटरसाइकललाई ना ५ ख ३५९ नम्बरको हाइस माइक्रो बसले ठक्कर दिएको थियो । दुवै सवारी साधन र माइक्रो चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार