असार २१, २०८२ शनिबार July 5, 2025

चीनले १० दिनमै बनाएको अस्पताल आजबाट सञ्चालनमा आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार छ ।
संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् ।
त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ । बीबीसीका अनुसार, दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ ।

चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो । वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ । तर, बीबीसी समाचारमा भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख छ ।

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ । चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् ।

चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । शनिबार मात्रै फिलिपिन्समा कोराना भाइरस संक्रमितको मृत्यु भएको थियो । ४४ वर्षीय चिनियाँको उपचारका क्रममा फिलिपिन्सको राजधानी मनिलामा मृत्यु भएको हो । वुहानका ती चिनियाँ फिलिपिन्स आउनुअघि नै संक्रमित रहेको बताइएको छ ।

कोरोनाको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिका, अस्ट्रेलिया इटलीसहित विभिन्न देशले चीन हुँदै आउने पर्यटकका लागि आफ्नो देशको ढोका बन्द गराएपछि विश्व नै यतिबेला कोरानाबाट त्रस्त छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार