असार २१, २०८२ शनिबार July 5, 2025

कोरोना भाइरसबाट हङकङमा पनि एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरस संक्रमित एक व्यक्तिको हङकङमा मृत्यु भएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।
यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्को घटना हो । यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा ज्यान गएको थियो ।
साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको जनाएको छ । ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलाइएको छैन । पत्रकार सम्मेलन गरेर यसबारे विस्तृतमा जानकारी दिने त्यहाँका सरकारी अधिकारीको तयारी छ ।

समाचारमा जनाइअनुसार, कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको ज्यान गएको हो । उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए । उनीबाटै आमामा पनि संक्रमण सरेको पाइएको छ ।

२१ जनवरीमा हुबेई प्रान्तको वुहानमा रहेका ती व्यक्ति त्यसको दुई दिनपछि गोन्जाउ–सेन्जन–हङकङ एक्सप्रेस रेल लिंकमार्फत हङकङ फर्किएका थिए । समाचारमा जनाइएअनुसार ३१ जनवरीमा उनमा ज्वरो आएको थियो । लगत्तै उनलाई कोरोनाको आशंकामा क्विन एलिजावेद हस्पिटलमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा ती बिरामीमा कोरोना भाइरस भेटिएपछि प्रिन्सेस मार्गरेट हस्पिटलको छुट्टै वार्डमा सारिएको समाचारमा उल्लेख छ । त्यहीँ उनको उपचारका क्रममा ज्यान गएको हो ।

चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस अहिले २२ देशमा फैलिएको छ । यसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो भाइरसका कारण चीनमा अहिलेसम्म ४ सय २५ जनाको ज्यान गइसकेको छ । २० हजार ४ सय ३८ संक्रमित भएका छन् ।

त्यस्तै, हङकङमा १५, मकाउमा ८ र ताइवानमा १० कोरोना संक्रमित बिरामी भेटिएका छन् । एसियाका अन्य देशमा ९७, युरोपमा २१, उत्तर अमेरिकामा १५ र अस्ट्रेलियामा १२ बिरामी फेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार