असार २१, २०८२ शनिबार July 5, 2025

४ सय अमेरिकीसहित ३७ सय सवार जापानको पानी जहाजमा कोरोना संक्रमित भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जापानको क्रुज पानीजहाजमा कोरोना भाइरसबाट संक्रमित भेटिएका छन्। ४ सय अमेरिकीसहित ३७ सय यात्रु सवार उक्त जहावमा १० जनामा कोरोना भेटिएको सीएनएनले जनाएको छ।

जापानका सरकारी स्वास्थ्य अधिकारीहरुका अनुसार यतिबेला डाइमोन्ड प्रिन्सेस जहाजबाट कसैलाई तल झर्न दिएको छैन।

हालसम्म ३ सयजनामा स्वास्थ्य परीक्षण हुँदा १० जना कोरोनबाट संक्रमित भएको बीबीसीले जनाएको छ।

कोरोनाको संक्रमित बढ्ने अनुमान गरिएको छ। जहाजमा चढेका हङकङका ८० वर्षका वृद्धमा पहिलोपटक कोरोना देखिएको जनाइएको छ। अन्य सबै संक्रमित ५० वर्षमाथिको भएको जनाइएको छ।

अधिकारीहरुका अनुसार जहाजमा सवार सबैलाई १४ दिन क्वारेन्टाइनमा निगरानीमा राखिनेछ।

नोबल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९२ पुगेको छ। चीनमा मात्रै ४९० जनाको मृत्यु भएको हो।

यस्तै फिलिपिन्समा एक र हङकङमा एक व्यक्तिको मृत्यु भएको छ। बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाको संक्रमणबाट २४ हजारभन्दा बढी संक्रमति बनेका छन्।

चीनबाहेक कोरोना २६ राष्ट्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार