असार २४, २०८२ मंगलबार July 8, 2025

टिप्परको ठक्करबाट कलंकीमा दुईजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । टिप्परको ठक्करबाट काठमाडौँको कलंकीमा दुईजनाको मृत्यु भएको छ । कलंकीमा रहेको अण्डरपासमा नम्बर नखुलेको टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहिवार राति पौने १ बजेतिर प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिप्परले पछाडिबाट ठक्कर दिएको कलंकी प्रहरीका सई जंगबहादुर आलेले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षे राकेशकुमार चौधरी र कटहरिया–७ का २४ वर्षे मुन्ना चौधरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको टिप्पर मोटरसाइकललाई ठक्कर दिएर फरार भएको हो । टिप्पर तथा चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार